Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-08-14

Karnali, Salyan, Kalimati, Ward 3

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –२ का २५ वर्षीय लोकराज परियारलाई साउन ३१ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताउनुभयो ।

कालिमाटी गाउँपालिका–३ मा रहेको घट्टमा ०७७ साउन ३० गते गहुँ पिसाउनबाट एक्लै घर फर्किँदा आरोपितले ध्वालकाँडा जङ्गलमा बलात्कार गरेको पीडितले इन्सेकलाई फोन मार्फत जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।

पीडित पक्षले साउन ३२ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा उजुरी दिएको र आरोपितलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments