Incident Reports

कुटपिट गरेको आरोपमा पति विरूद्ध प्रहरीमा जाहेरी दर्ता l

2014-04-21

Bagmati, Sindhuli, Dudhouli

Vivek Dhungana सिन्धुली जिल्ला दुधौली गाविस-३ घर भई हाल काठमाडौँ मनपा-३५ कोटेश्वर बस्ने २९ वर्षीया भक्ति लामाले पति ३० वर्षीय हिरा लामा विरुद्ध वैशाख ८ गते जाहेरी दिएकी छन् । पतिले आफूलाई वैशाख ७ गते कुटपिट गरेको आरोपमा महानगरीय प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा पीडितले दिएको जाहेरी सोही दर्ता भएको केन्द्रले जनाएको छ । आरोपित हिराले आफूलाई मानसिक तथा शारीरिक रूपमा बारम्बार यातना दिई कुटपिट गर्ने र खानलाउन समेत नदिने गरेको पीडितको जाहेरीमा उल्लेख छ । पीडितले आरोपितलाई महिला हिंसा कसुर तथा सजाय ऐन २०६६ बमोजिम कारबाही गरी शान्तिसुरक्षा तथा भरणपोषणको व्यवस्था गरी पाँउ भनी जाहेरीमा माग गरेकी छन् । हिरा र भक्तिको २०६१ सालमा सामाजिक परम्परा अनुसार विवाह भएको थियो । हाल उनीहरूको एक छोरा एक छोरी छन् । जाहेरीसँगै घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको सेवा केन्द्रकी इन्स्पेक्टर सुशीला प्रधानले बताइन् । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis