Incident Reports

ज्वाला सिंहका सैन्य कमाण्डर गिरफ्तार l

2014-04-20

Madhes, Rautahat, Phatuwa Bijayapur

Bipeen Gautam सितलपुर बैरगनिया गाविस-८ निवासी आफूलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला सिंह समूह) को सैन्य कमाण्डर बताउने ३६ वर्षीय रामप्रवेश राय यादवलाई वैशाख ७ गते राती प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार यादवलाई प्रहरीले वैशाख ८ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । यादवले सोनरनीया गाविस-५ निवासी तत्कालीन नेकपा माओवादीका जिल्ला कमिटी सदस्य ३५ वर्षीय शम्भुप्रसाद यादवको ०६६ माघ २९ गते साँझ गोली हानी हत्या गरेको आरोपमा प्रहरीमा किटानी जाहेरी परेको थियो । उनी सो समयदेखि फरार रहँदै आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवलाई प्रहरीले अन्य मुद्दामा समेत अनुसन्धान गरिरहेको डिएसपी भीमप्रसाद ढकालले बताए । यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखी अनुसन्धान भइरहेको डिएसपी ढकालले बताए । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis