Incident Reports

कुटपिट गर्ने पति विरुद्ध उजुरीl

2014-04-22

Madhes, Rautahat, Garuda

Bipeen Gautam पोठियाही गाविस-१ की ६० वर्षीया राजकलीदेवी यादवलाई पति ६५ वर्षीय गंगा राय यादवले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा वैशाख ९ गते उजुरी दर्ता गराएकी छन् । पति गंगाराम यादवले धेरै पहिलानै दाश्रो विवाह गरे पनि दुवै पत्नी र पति समेत एकासाथमा बस्दै आएकोमा सौता आशभगनी देवी यादवसँग वैशाख ८ गते बिहान १० बजेको समयमा सामान्य झगडा भएकोमा पति यादवले झगडा गरेको भन्दै आफूलाई लात तथा मुक्काले कुटपिट गरी घाइते बनाएको पीडितले बताइन् । आरोपित यादवको कुटपिटबाट पीडितको शरीरका विभिन्न भागमा निलडाम रहेको छ । उनको जिल्ला अस्पतालमा वैशाख ९ गते उपचार भयो । पीडितले पतिलाई पक्राउ गरी घरेलु हिंसा ऐन अर्न्तगत कारबाही गर्न उजुरी दिएको बताइन् । पीडितको उजुरी दर्ता गरी आरोपितलाई छलफलको लागि झिकाइएको सेवा केन्द्रका इन्चार्ज सई गीता रानाभाटले बताइन् । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis