Incident Reports

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि कुटपिट

2020-08-17

Karnali, Humla, Simkot, Ward 2

जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लामा कार्यरत अहेव २५ वर्षीय प्रेम भण्डारीलाई भदौ १ गते राती तीन जना युवाले कुटपिट गरेका छन् ।

सिमकोट गाउँपालिका –२ ठेहेका भण्डारीलाई सिमकोट गाउँपालिका–६ का २५ वर्षीय आशिष रावत, २६ वर्षीय अखिल रोकाया र सोही गाउँपालिका–२ ठेहेका २१ वर्षीय करण सुनारले कार्यालयमै गएर कुटपिट गरी घाइते बनाएको स्वास्थ्य सेवा कार्यालय प्रमुख प्रेमबहादुर सिंहले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

डिउटीमै रहेको अवस्थामा अहेवलाई कुटपिट गर्दा टाउकोमा आठ वटा टाँका लगाइएको प्रमुख सिंहको भनाई छ ।

उहाँका अनुसार कार्यालयको इमरजेन्सी कोठाको ढोका समेत तोडफोड गरिएको छ । घटनाका आरोपित विरूद्ध भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेको प्रमुख सिंहले जानकारी दिनुभयो ।

घटनाका आरोपित आशिष र करणलाई प्रहरीले भदौ २ गते नै गिरफ्तार गरेको र फरार रहेका अखिल रोकायाको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्यप्रकास सुवेदीले बताउनुभयो ।

नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports