Incident Reports

रौतहटमा गोली हानेर पुजारीको हत्या

2020-08-19

Madhes, Rautahat, Madhav Narayan, Ward 2

रौतहटमा बुधबार बेलुकी एक जनाको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका–२ खेसरैया बजारस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या भएको हो ।

उनलाई अज्ञात समूहले बेलुकी साढे ९ बजे गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनायो । मन्दिरअगाडि खाना खाने क्रममा साहलाई अज्ञात समूहले कन्चटमा गोली हानी फरार भएको जिल्ला प्रहरीप्रमुख एसपी रविराज खड्काले बताए । ‘हत्या गर्ने समूहको खोजी भइरहेको छ,’ उनले भने, ‘पुजारीको हत्या गर्नुपर्ने कारण खुलेको छैन ।’

साहको घटनास्थलमै ज्यान गएको थियो । घटनापछि प्रहरीले रातिदेखि नै नाकामा कडाइ गरी उक्त समूहको खोजी गरेको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Religious leader
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments