Incident Reports

बालिकालाई दुर्व्यवहार गर्नेमाथि मुद्दा

2020-08-16

Madhes, Rautahat, Katahariya, Ward 2

राैतहटकाे कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुव्र्यहार गर्ने गैरदलित युवकमाथि जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको छ।

कटहरिया २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुमार महतोले बताए।

चार दिनअघि गाउँकै एक दलित बालिकालाई ललाइफकाई करणी गर्न लागेको भन्ने पीडितका बाबुको उजूरीका आधारमा मुद्दा दर्ता गरिएको र बालिकाको स्वास्थ परीक्षणसमेत भएको डिएसपी महतोले जानकारी दिए।

घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
National/Online Media

0 Comments