Incident Reports

पत्रकार धम्क्याउने धरौटीमा रिहा l

2014-04-23

Chhetu Sherpa खाँदबारी एफएमका पत्रकार सुरेन शाक्यलाई समाचार प्रशारण गरेको विषयमा धम्क्याउने खाँदबारी नपा-१० का राजकुमार परियार, याफु गाविस-१ का एकराज राई याफु गाविस-४ का टीकाराम राई, मनिकला राई र दिदिङ गाविस-२ का टेकबहादुर राईलाई जिल्ला प्रशासन कार्यालयले वैशाख ९ गते जनही ५ हजार रुपैयाँका दरले धरौटी लिई रिहा गरेको छ । नेटवरकिङ्मा व्यवसायमा संलग्न ७८ युवायुवतीलाई प्रहरीले गिरफ्तार गरेको समाचार एफएममा प्रशारण गरेको विषयमा एफएममै पुगेर आरोपितहरुले ०७० चैत २८ गते मार्ने धम्की दिएका थिए । पीडित शाक्यले प्रहरीमा चैत २८ गते जाहेरी दिए पछि आरोपितहरुलाई चैत २९ गते गिरफ्तार गरी हिरासतमा राखि केही सार्वजनिक अपराध ऐन अर्न्तर्गत मुद्दा दर्ता गरेको थियो । छेटु शेर्पा

0 Comments

Related Reports
Related Trend Analysis