Incident Reports

जिल्लामा प्रत्येक वर्ष महिला हराउने सङ्ख्या बढ्दै l

2014-04-23

Sur Bahadur Pariyar मानव बेचबिखनका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्था र जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ अनुसार यस जिल्लामा महिला हराउने सङ्ख्यामा प्रत्येक वर्षवृद्धि भएको तथ्याङ्कसहितको प्रतिवेदन सरोकारवाला निकायले वैशाख १० गते एक कार्यक्रमका बीच सार्वजनिक गरेका छन् । महिला तथा बालबालिका कार्याल, कैलाली तथा मानव बेचबिखन विरुद्ध जिल्ला सञ्जालले चैत १० गते धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, कैलालीले प्रत्येक वर्षमा महिला हराउने संख्यामा वृद्धि भएको प्रतिवेदन प्रस्तुत गरेको थियो । अन्तरक्रिया कार्यक्रममा प्रहरी प्रतिवेदन अनुसार आर्थिक वर्ष ०६८/०६९ मा यस जिल्लामा ४८ जना महिला हराएको उजुरी परेकोमा तीन जना महिला मात्र फेला परेको तथ्याङले देखाएको छ । यसै गरी ०६९/०७० मा ९५ जना महिला हराएको यस अविधिमा १७ जना महिला फेला परेको तथ्याङ्कले देखाएको छ । यस्तै आर्थिक वर्ष०७०/०७१ को हालसम्मको अविधिमा ९७ जना महिला हराएकोमा २० जना फेला परेको प्रहरीले जनाएको छ । यसै गरी माईती नेपालले ०६९/०७० मा १०१ र ०७०/०७१ मा ३३ जना महिला तथा युवतीलाई नेपाल भारत सीमा नाकामा उद्धार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सोही कार्यक्रममा मानव बेचबिखन विरुद्धमा कार्यरत शान्ति पुर्नस्थापना गृह, कैलालीले ०६९/०७० मा २६ जना र ०७०/०७१ मा २५ जना धनगढी भान्सार नाकाबाट उद्धार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो । मानव बेचबिखन विरुद्धको अभियानमा सरकारी तथा गैरसरकारी क्षेत्रको सामुहिक प्रयासलाई प्रभावकारी बनाउनु पर्ने कुरामा सङ्घसंस्थाका तर्फबाट बोल्दै लोकतन्त्र र शान्तिका लागि नागरिक समाजका अध्यक्ष तथा इन्सेक क्षेत्रीय संयोजक खडकराज जोशीले आफ्ना विचार राखेका थिए । मानव बेचबिखन विरुद्धको अभियानमा जिल्लामा सामुहिक प्रयास गर्ने उद्देश्यले कार्ययोजना निर्माणका लागि आयोजित अन्तरक्रिया कार्यक्रमको सभाध्यक्ष प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले गरेका थिए । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis