Incident Reports

रिसले आफ्नै बहिनीको छोराको हत्या

2020-08-18

Province 1, Okhaldhunga, Sunkoshi, Ward 6

ओखलढुंगाको सुनेकोशी गाउँपालिका–६ पारामा चार वर्षीय बालकको हत्या गरेको आरापमा एक महिला पक्राउ परेकी छन् । माइत आएको समयमा आफ्नै बहिनीको चार वर्षीय छोराको हत्या गरेको आरोमा मानेभञ्ज्याङ गाउँपालिका–४ घर भएकी २८ वर्षीया जुनु दमाई पक्राउ परेकी हुन् ।

गत साउन दुई गते माइत आएकी दमाईले बहिनीको रिसका कारण उनको छोराको हत्या गरेको प्रहरीले जनाएको छ । जुनुलाई आफ्नै बहिनीको ४ वर्षीय छोराको हत्या गरेको अभियोगमा पक्राउ गरिएको ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

घरैमा मृत अवस्थामा भेटिएका छोराको शव उनैले देखाएपछि शंका गरेर उजुरी दर्ता भएको बताइएको छ । दिदी–बहिनीबीचको लामो समयदेखिको वादविवाद र पटक–पटक छोरो मारिदिने धम्की दिने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका–१ सोखु घर भइ माइती बस्दै आएकी बहिनी सम्झना दर्जीका ४ वर्षीय छोरा भदौ २ गते मृत फेला परेका थिए । २ गते दिउँसोदेखि हराएका बालक मामाघरकै पसलकोठामा साँझ मृत फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

मृतक बालकका हजुरबुवाले आफ्नै छोरीले नातिको हत्या भएको भनेर किटानी जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बस्नेतले बताए । आरोपितलाई म्याद थप परि अनुसन्धान थालिएको र प्रारम्भिक अनुसन्धानमा बहिनीको रिसले उनका छोराको हत्या गरेको खुलेको बस्नेतले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments