Incident Reports

बलात्कार आरोपी पक्राउ

2020-08-11

Province 1, Dhankuta, Dhankuta, Ward 1

बलात्कार गरेर फरार आरोपीलाई जिल्ला प्रहरी धनकुटाले बिहीबार पक्राउ गरेको छ । 

धनकुटा नगरपालिकाको निगालेमा १५ वर्षीया बालिकालाई गत साउन २७ गते जबरजस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ परेका छन् ।

पक्राउ परेका आरोपीलाई जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दायर गरेर अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ । 


धनकुटा । धनकुटामा बलात्कार आरोपमा शनिबार एकैदिन दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रैकालाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले जानकारी दिए । सोही बालिकालाई बलात्कार गरेको आरोपमा गत बुधबार निगालेकै १९ बर्षीय निकेश तामाङ पनि पक्राउ परेका छन् । ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाली घरमा लगेर बलात्कार गरेको र त्यसको भालिपल्ट बिमलले पनि उनैलाई बलात्कार गरेको आरोप छ ।

निकेशले ती बालिकासँग शरिरिक सम्पर्क भएको कुरा बिमललाई सुनाएपछि उनले पनि भोलिपल्ट जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बालिका राती पनि घरमा नआएपछि सोधपुछ गर्ने क्रममा घटनाको रहस्य खुलेको हो । घटनाको ९ दिनपछि निकेश र ११ दिनपछि बिमल पक्राउ परेका हुन् ।

मुलुकी अपराध संहिता–२०७४ मा १८ बर्ष भन्दा कम उमेरका बालिकालाई सहमतिमै शारिरिक सम्पर्क गरेपनि जबरजस्ती करणी गरेको मानिने र १४ बर्षदेखि १६ बर्ष भित्रका बालिका करणी गर्नेलाई १२ बर्षदेखि १४ बर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments