Incident Reports

बलात्कारको आरोपमा उजूरी दर्ता

2020-08-17

Madhes, Saptari, Mahadeva, Ward 3

सप्तरी । बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले महदेवा गाउँपालिका–३ बथनाहाका ४५ वर्षीय रामसुन्दर सरदारविरुद्ध बिहीबार उजूरी दर्ता गरेको छ ।

सामूहिक रूपमा टेलिभिजन हेरिरहेका बेला आरोपितले गत सोमबार राति ९ बजे बालिकाको मुख थुनी नियन्त्रणमा लिई टोलभन्दा करीब चार सय मिटर टाढा लगेर बलात्कार गरेको आरोपमा उजूरी दर्ता भएको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले जनाएको छ । पीडितकी आमाले दिएको उजूरीका आधारमा स्वास्थ्य परीक्षण र थप अनुसन्धानपछि दर्ता गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालयले उजूरी दर्ता गरी आरोपितको तीव्रताका साथ खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी तिलक भारतीले बताए । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्गलबार स्वास्थ्य परीक्षण भएको छ ।

                                    

                       





Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments