Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2020-05-20

Karnali, Kalikot, Raskot, Ward 4

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटले रास्कोट नगरपालिका–४ बसन्तपुरका ५१ वर्षीय नमराज शाहीविरुद्ध भदौ ५ गते उजुरी दर्ता गरेको छ ।

पीडित युवतीलाई आरोपितले गत जेठ ७ गतेदेखि लगातार बलात्कार गर्दै आएको र बलात्कारबाट गर्भसमेत रहेको पीडितका बाबुले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

बलात्कारबाट गर्भ रहेको चार महिना भएको र आरोपितले मार्ने धम्की दिएपछि बालिकाले जबरजस्ती गर्भपतन गराएको पीडितका बाबुले बताउनु भयो ।

पीडित युवतीको गर्भपतनपछि अत्याधिक रक्तश्राव भएकाले जिल्ला अस्पताल पुर्‍याइएकी युवतीको स्वास्थ्य परीक्षण र उपचार भइरहेको जिल्ला स्वास्थ्य व्यवस्थापन कार्यालयका निमित्त प्रमुख डाक्टर भिष्म पोख्रेलले जानकारी दिनुभयो ।

पीडित पक्षको उजुरी दर्ता भएको र आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्याम ओलियाले बताउनुभयो ।

कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments