Incident Reports

११ वर्षीया बालिका बलात्कृत

2020-08-20

Lumbini, Bardiya, Barbardiya, Ward 8

बर्दिया — बारबर्दिया नगरपालिका–८ मा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा प्रहरीले २१ वर्षीय चन्द्रमान विकलाई शुक्रबार पक्राउ गरेको छ । 

 प्रहरीका अनुसार घटना बिहीबार राति साढे २ बजेतिर भएको हो । विकले घरको बरन्डामा हजुरआमासँग निदाइरहेकी बालिकालाई बोकेर नजिकै खेतमा पुर्‍याई बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक योगेन्द्र खड्काका अनुसार निरन्तर रक्तस्रावले बालिकाको अवस्था गम्भीर बनेपछि उनलाई जिल्ला अस्पताल गुलरियामा भर्ना गरिएको छ । घटनास्थल गुलरियाबाट करिब १६ किमी पश्चिम–उत्तरमा पर्छ । आरोपितलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Totally damaged Vehicles 00
National/Online Media

0 Comments