Incident Reports

नवलपरासी पश्चिममा एक व्यक्तिको हत्या

2020-08-21

Lumbini, Nawalparasi West, Pratappur, Ward 8

बर्दघाट । नवलपरासीपश्चिममा एक ब्यक्तिको हत्या भएको छ । गएराती करिब ११ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा नं. ८ को पतलहवा टोल बस्ने अन्दाजी बर्ष ४० को अर्जुन यादवको हत्या भई मृत्यु भएको छ ।

सोही स्थानमा बस्ने अन्दाजी बर्ष २७ को डल्लु दुषाध र प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकी टोल बस्ने अन्दाजी बर्ष २३ को रोशन मल्लाहले कुटपिट र घरायसी हातहतियारको प्रयोग गरि यादवको हत्या गरेको प्रहरीले बताएको छ । घटनाको प्रकृति हेर्दा हत्यारा दुषाध र मल्लाहले यादवलाई निर्घात रूपमा कुटपिट गरेको र उनको टाउकोमा धारिलो हतियार प्रयोग भएको देखिन्छ र उनिहरु केही समय एक आपसमा बाजाबाज गरेको बेला झगडा छुट्टाउन पुगेका सोही ठाउँमा बस्ने बर्ष ३८ को कृष्ण चमार घाइते भएको र ड्ल्लु दुषाध र रोशन मल्लाहले यादवको हत्या गरेको घाइते चमारले जानकारी दिएका छन् ।

अहिले घटना स्थलमा प्रहरीले घटनाको प्रकृति निहाली रहेको र यादवको हत्या गरि भाग्न खोजेका दुषाध र मल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाले जानकारी दिएका छ्न ।

प्रहरीको नियन्त्रणमा रहेका दुबै हत्याराहरु संग आवश्यक कार्यवाही र घटनामा थप संगलन ब्यक्तिहरुको बारेमा थप अनुसन्धान भइरहेको छ अहिले यादवको शव पोस्टमार्ड्मका लागी पृथ्वी चन्द्र अस्पताल परासी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports