Incident Reports

यौनशोषण गरेको आरोपमा गिरफ्तार l

2014-04-26

Province 1, Morang, Uralabari

Sukdev Chaudhary मोरङ । ०७१ वैशाख १४ गते २१ वर्षीया एक युवतीलाई आफन्त नाता पर्ने राजघाट गाविस-६ का ३० वर्षीय देवेन्द्र भुजेलले चार वर्षेदेखि यौन शोषण गरेको आरोपमा वैशाख १३ गते प्रहरीले गिरफतार गरेको छ । पछिल्लो पटक वैशाख ९ गते मार्ने धम्की दिँदै यौन शोषण गरेको भन्दै पीडितले वैशाख १२ गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा दिएको उजुरीका आधारमा आरोपितलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर वेदप्रसाद गौतमले जानकारी दिए । घटनाका आरोपितको म्यादथप गरी अनुसन्धानप्रकृया अगाडि बढाएको समेत इन्स्पेक्टर गौतमले जनाए । पीडितको स्वास्थ्य परीक्षण उर्लाबारीस्थित स्वास्थ्य केन्द्रमा भएको छ । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis