Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-08-14

Gandaki, Myagdi, Mangala, Ward 2

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मङ्गला गाउँपालिका–१, पैयुपाटाका ३३ वर्षीय बुद्धिबहादुर किसानलाई प्रहरीले ०७७ भदौ ३ गते गिरफ्तार गरेको छ ।पीडितलाई आरोपितले ०७७ साउन २० गते राति सुती रहेको अवस्थामा दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय म्याग्दीमा साउन ३० गते उजुरी दिनुभएको थियो ।घटनापछि फरार रहेका आरोपितलाई घरमा आएको भन्ने सुराकीको आधारमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर ध्रुवप्रसाद शर्माले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।आरोपितको गिरफ्तारीपछि उनलाई ०७७ भदौ ४ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भएको सरकारी वकिल कार्यालय म्याग्दीका न्यायधिवक्ता प्रकाश कोइरालाले बताउनुभयो ।पीडितको स्वास्थ्य परीक्षण ०७७ साउन ३० गते बेनी अस्पतालमा गरिएको बेनी अस्पतालका सूचना अधिकरी प्रकाश सुवेदीले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

बलात्कार गरेको कसुरमा २० वर्ष कैद सजायको फैसला

म्याग्दी ०७८ असार २९ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मङ्गला गाउँपालिका–१ का ३३ वर्षीय बुद्धिबहादुर किसानलाई २० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश तेजनारायण पौडेलको असार २८ गतेको इजालसले कसुर ठहर गर्दै आरोपितलाई २० वर्ष कैद सजाय र ४० हजार रुपियाँ जरिवानाको फैसला गरेको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता प्रकाश कोईरालाले बताउनुभयो ।

पीडितलाई आरोपितले ०७७ साउन २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध साउन ३० गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई ०७७ भदौ ३ गते गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत म्याग्दीमा ०७७ भदौ २८ गते जबरजस्तीकरणी शीर्षकमा मुद्दा दर्ता गराएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments