2020-08-21
Province 1, Morang, Pathari Shanishchare
पथरी/ ७ बर्षीय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय पथरीले २४ बर्षीय एकजना युवालाई पक्राउ गरेको छ ।
राती बालिका सुतिरहेको कोठामा गई जवरजस्ती करणी गर्ने मोरङको कानेपोखरी – ६, का २४ बर्षीय राहुल खड्कालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । खड्कालाई गाउँपालिकाको न्यायिक समिति र ओरेक नेपालको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
घटना यसरी घटेको थियो
शुक्रबार रातीको घटना हो । पीडितका बुबा र आरोपित खड्काको सम्बन्ध साथीसाथी हुन् । दुवै जना विवाहित हुन् । पीडित बालिकालाई आरोपित खड्काले सधै भान्जि भन्ने गरेका थिए । तर छिमेकी नाताले मात्र भान्जि पर्ने हो । घटना भएको दिन आरोपित खड्का साथीको घरमा गई दुवैजना मादक पदार्थ खाएर बेग्ला बेग्लै कोठामा सुत्छन् । आरोपित खड्का पीडित बालिका तथा भान्जि सुतेको कोठामा सँगै सुतेको कुरा आरोपित खड्का र पीडित बालिकाको बुवाले स्विकार गरेका छन् ।
शनिबार विहान छिमेकी एक महिलाले पीडित बालिकाको हिडाई असहज देखे पछि बुबा र छोरीलाई रोधपुच्छ र केरकार गरेपछि रहस्य बाहिरिएको थियो । घटना गाउँबाट अनुसन्धानको लागि आइतबार दिउँसो गाउँपालिकाको न्यायिक समिति सम्म पुगेको थियो ।
आइतबार नै ओरेक नेपाल र गाउँपालिकाको न्यायिक समितिले स्वास्थ्यकर्मीको सहयोगमा अनुसन्धान गर्दा पीडित बालिकाको योनिमा घाँउ भएको पाएपछि करणी भएको पृष्टी गर्दै प्रहरीलाई खबर गरेको गाउँपालिकाका उपाध्यक्ष राजमती इङ्नामले बताइन् ।
उता पीडित बालिकाले पनि आफुलाई मामाले करणी गरेको कुरा छिमेकीहरुलाई, ओरेक नेपाल र न्यायिक समितिको सोधपुच्छमा भनिसकेका छन् । आरोपित खड्का आइतबार देखि प्रहरी हिरासतमा छन् । पीडित बालिकालाई सोमबार विहान स्वास्थ्य चेक गरिने र स्वास्थ्य चेकजाँच पछि मात्र अनुसन्धान सुरु हुने इप्रकाका डिएपी दिलिप कुमार गिरीले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Sexual Assault |
Weapons | None |
Primary Cause | Rape/sexual assault |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | youth |
Total Raped | 1 |
Female Raped | 1 |
Youth Raped | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19