Incident Reports

बालिका बलात्कार अरोपमा युवक पक्राउ

2020-08-24

Karnali, Rukum West, Chaurjahari, Ward 7

रुकुम पश्चिम — बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । चौरजहारी नगरपालिका–७ की एक १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक नम्बर वडाका १८ वर्षीय मदन गोसाइलाई प्रहरीले पक्रेको हो ।

सल्यानको कुमाख गाउँपालिकास्थित मामाघरबाट घर फर्किरहेकी उनलाई ती युवाले भेरी नदी किनारमा लगेर बलात्कार गरेको बताइएको छ । घर पुर्‍याइदिन्छु भनेर मोटरसाइकलमा चढाएर बालिकालाई सोमबार दिउँसो १ बजे भेरी नदी किनारमा लिएको बताइएको छ । इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिङ विष्टले बालिका कराएपछि केही महिलाले देखेर प्रहरीलाई खबर गरेको बताए । त्यसपछि लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलबाटै ती युवालाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्टले बताए । बालिकाको स्वास्थ्य परीक्षण चौरजहारी अस्पतालमा गरिएको छ । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments