Incident Reports

विवाहको नाटक गरी महिला बिक्री गर्ने आरोपित थुनामा l

2014-04-27

Madhes, Saptari, Hanumannagar Kankalini

Manohar Kumar Pokharel सप्तरी । ०७१ वैशाख १४ गते एक ३३ वर्षीया एकल महिलालाई बेचबिखन गर्न खोजेको आरोपमा पोर्ताहा गाविस-२ का ३९ वर्षीय अशोक्कुमार यादव वैशाख १४ गते पुर्पक्षका लागि कारागारमा थुनामा परेका छन् । जिल्ला न्यायाधीश पुष्पराज थपलियाको इजलाशले आरोपित राजविराज कारागारमा थुनामा परेको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । भारतमा बेच्ने उद्देश्यले विवाहको नाटक गरी झुक्याई सप्तरीको भारदह गाविसबाट काठमाडौँ हुँदै भैरहवासम्म पुर्‍याई त्यहाँबाट सिमाक्षेत्र सुनौली नाका पुर्‍याएको तथ्य पुष्टि हुन आएकोले पुर्पक्षका लागि कारागारमा थुनामा पठाइएको आदेशमा उल्लेख छ । आरोपितले ०७० साउनको जनै पूणिर्माका दिन जनकपुरको रामजानकी मन्दिरमा विवाह गरी पीडितलाई काठमाडौँ पुर्‍याएका थिए । संविधानसभाको निर्वाचनका लागि घर फर्केका आरोपितले फोनमार्फत भैरहवा आउनु भनी आरोपितका साथीहरुको साथ लगाई ०७० मङ्सिर १२ गते आफूलाई भैरहवा पुर्‍याएको को पीडितले बताइन् । भैरहवा पुगेपछि आरोपितबाट बिक्री भइसकेको भन्दै अपरिचित ४-५ जनाले जबरजस्ती रिक्सामा लैजाँदै गर्दा स्थानीय व्यक्तिको सहयोगमा भागी उम्की ओरेक नेपालको संरक्षणमा बचेको पीडितले अदालतमा बयान दिएकी थिइन् । ओरेक नेपाल काठमाडौँ र विराटनगरको निवेदनका आधारमा आरोपितलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले सशस्त्र प्रहरी वेस क्याम्पस बरमझियाको उत्तर सडकबाट ०७० चैत १२ गते गिरफ्तार गरेको थियो । आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरले ०७० चैत १८ गते मानव बेचविखनको मुद्दा दर्ता गरी अनुसन्धानपश्चात ०७१ वैशाख १२ गते जिल्ला अदालतमा पेश गरेको थियो । यसैबीच महिला बेचबिखनका आरोपित भारत विहार सुपौल भगवानपुर-९ घर भई बमनगामा कट्टी गाविस-८ मन्सापुर बस्ने २८ वर्षीय रामकृष्ण मेहता वैशाख १४ गते पुर्पक्षका लागि थुनामा परेका छन् । जिल्ला न्यायाधीश कमलप्रसाद पोखरेलको इजलाशले आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा परेको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए । स्रेस्तेदार नवराज दुलालका अनुसार आरोपितका पत्नी २४ वर्षीया लक्ष्मी खडकालाई म्यादी पुर्जीसहितको वारेण्ट जारी भएको छ । मकवानपुरको हेटौडा नपा-२ घर भई सुनसरीको इटहरी नपा-५ बस्ने एक २२ वर्षीया महिलालाई इटहरी पुर्‍याई दिने भन्दै आरोपितले भारततर्फलैजाँदै गर्दा पीडितले होहल्ला गरेपछि प्रहरीले चैत १६ गते राति सिमावर्ती क्षेत्र लालापट्टी गाविस-९ बाट आरोपितलाई गिररफ्तार गरी पीडतलाई उद्धार गरेको थियो । आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयले चैत १८ गते मानव बेचविखन मुद्दा दर्ता गरी अनुसन्धानपश्चात वैशाख १२ गते जिल्ला अदालतमा पेश गरेको थियो। मनोहरकुमार पोखरेल

0 Comments