Incident Reports

गाउँपालिका अध्यक्ष विरुद्ध बलात्कारको उजुरी दर्ता

2020-08-24

Bagmati, Ramechhap, Likhu

मन्थली नगरपालिकाकी एक ३१ वर्षीया महिलाले ०७७ भदौ ७ गते लिखुतामाकोसी गाउँपालिका अध्यक्ष ४५ वर्षीय गोविन्दबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय रामेछापमा बलात्कारको उजुरी दर्ता  गराउनुभएको छ ।

अध्यक्ष खड्काले आफूलई नौ महिना अगाडि डर, त्रास र प्रलोभनमा फसाई बलात्कार गरेको पीडितको आरोप छ । खड्का विरुद्ध पीडित महिलाले बलात्कारको उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी टेकेन्द्र पौडेलले जानकारी दिनुभयो । ती महिलाको भदौ ७ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा स्वास्थ्य परीक्षण गरिएको छ ।

शरीर बन्धक अभियोगमा साउन ३० गते प्रहरीले पक्राउ गरी अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय रामेछापकोे हिरासतमा रहेका अध्यक्ष खड्का विरुद्ध ०७७ भदौ ७ गते नै ठगीको उजुरी पनि दर्ता भएको थियो ।

अध्यक्ष खड्का विरुद्ध एक उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई खाली चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको अभियोग छ ।

त्यस्तै स्थानीय एक वृद्धको २१ रोपनी जग्गा गाउँपालिकाको लागि २ करोड रुपैँयामा खरिद गर्ने सहमति गरेर आफ्नै साली नाता पर्ने महिलाको नाममा पास गराई पैसा नदिएको ठगिको अभियोग पनि रहेको ।

अध्यक्ष विरुद्धका तीन वटै मुद्दामा एकै साथ अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ । खड्कालाई मावन बन्धक अभियोगमा साउन ३० देखि १७ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न यस अघिनै अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

नवराज पथिक

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments