Incident Reports

अण्डा चोरेको आरोपमा कोठामा थुनेर रातभर कुटपिट

2020-08-23

Sudurpashchim, Kailali, Dhangadhi, Ward 11

धनगढी : अण्डा चोरेको आरोपमा दलित समुदायका पुरुषमाथि निर्घात कुटपिट भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–११ का जोकहियाका रमेश तिरुवा अण्डा चारीको आरोपमा कुटिएका हुन्। उनलाई स्थानीय विवेक फोल्र्टी फर्मका संचालक विवेक भट्ट लगायतको समूहले अण्डा चोरी गरेको भन्दै कुटेका हुन्। रातभर कुखुरा फार्ममा थुनेर तिरुवालाई गम्भीर घाइते हुनेगरी कुटिएको छ। तिरुवाको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । अण्डा किन्न गएका तिरुवालाई नियन्त्रण गरी रातभर कुटपिट गरेपछि बिहान मात्रै घटना सार्वजनिक भएको थियो। ‘आइतबार बेलुका मेरा दाइ कुखुराको अण्डा किन्न भनेर फार्ममा गएका थिए,’ घाइतेकी बहिनी जानकी तिरुवाले थाहा खबरसँग भनिन्, ‘रातभर खोरमा थुनेर कुटेर गम्भीर घाइते बनाएका रहेछन्, बिहान थाहा पायौं।’ रातभर पोल्ट्री फर्ममै राखेर कुटपिट गरी बिहान मात्रै घटना थाहा पाएपछि प्रहरीलाई खबर गरेको घाइते तिरुवाकी बहिनीले बताइन्। उनले आफूहरुलाई दलित भएकै कारण झुट्टा आरोप लगाएर कुटपिट गरेको र कुट्नेलाई कानुन कारबाही गर्न पनि माग गरेकी छन्। घाइते तिरुवाको अहिले धनगढीको नोभा अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले कुटपिट गर्नेलाई पक्राउ गरिएको र आवश्यक कारबाही थालिएको बताएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Extra-judicial response to crime
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports