Incident Reports

जबरजस्ती करणी गरेको आरोपमा दाजुभाइ पक्राउ

2020-08-23

Bagmati, Sindhuli, Dudhouli

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिकामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १६ र १४ वर्षीय युवाहरुलाई पक्राउ गरेका हो । उनीहरु दाजुभाइ हुन् । इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पीडित पक्षले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । ती दुई दाजुभाइले भदौ ७ गते दिउँसो १ बजेतिर आफ्नै गोठमा बालिकालाई बोलाएर चकलेट दिइ जबर्जस्ती करणी गरेको पीडित पक्षद्वारा उजुरीमा उल्लेख छ । ‘पीडित बालिका र अभियुक्त दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा बुझाएका छौं,’ उनले भने, ‘अब जिल्लाले नै घट्नाको थप अनुसन्धान गरी कारबाही प्रकृया अघि बढाउँछ ।’ 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments