Incident Reports

जवर्जस्ती करणी गरेर असुरक्षित गर्भपतन गराउने पक्राउ

2020-08-24

Karnali, Kalikot, Raskot, Ward 4

दलित किशोरीलाई जबरजस्ती करणी गरी असुरक्षित गर्भपतन गराउने र गराउन सहयोग गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको छ। जबरजस्ती करणी गर्ने रास्कोट नगरपालिका–४, वसन्तपुरका ५८ वर्षीय नमराज शाही, उनका छोरी ज्वाइ खगेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको हो। नमराजकी छोरी राजी शाही भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षकुमार जोशीले जानकारी दिए। नमराजले जेठमा गर्भवती गराइ तीन महिनापछि ती बालिकाको असुरक्षित गर्भपतन गराएका थिए भने खगेन्द्र र राजीले सहयोगी भूमिका खेलाका थिए। उक्त घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। पीडितको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। रास्कोट–४, सुनारबाढाकी १९ वर्षीया किशोरी नजिकैको पसलमा सामान किन्न गएका बेला मनराजले जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएका छन्। यो कुरा किशोरीले लुकाएकी थिइन्। एक्कासी पेट दुखेपछि स्वास्थ्य चौकी जाँदा उनको पेटमा तीन महिनाको गर्भ रहेको थाहा भएपछि उक्त विषय बाहिर आएको हो।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Dalit
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments