Incident Reports

चितवनमा कुलमान घिसिङका समर्थकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

2020-08-27

Bagmati, Chitawan, Bharatpur

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई ल्याउनुपर्ने माग गर्दै चितवनमा हुन लागेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

घिसिङ प्राधिकरणमा आएपछि लोडसेडिङ हटेको र प्राधिकरणमा पनि धेरै सुधार आएको भन्दै पुनः उनलाई नियुक्ति गर्नुपर्ने माग राख्दै स्वतन्त्र नागरिक समाज चितवनले भरतपुरको चौबीसकोठीमा प्रदर्शन गर्न खोजेको थियो।

घिसिङको पक्षमा सरकारलाई खबरदारी गर्दै उनको समर्थनमा बिहान नेपालको झण्डा र समर्थनमा लेखिएका ब्यानर बोकेर भरतपुरको चौबीसकोठीमा समर्थकको भेला गरेको थियो।

मुलुकमा लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउने कुलमानको समर्थनमा कार्यक्रम गर्दा प्रहरी हस्तक्षेप हुँदा दुःख लागेको भेलामा सहभागी दीपेन्द्र बास्तोलाले बताए।

'निषेधाज्ञाका कारण हामीले कार्यक्रम गर्न नपाए पनि प्राधिकरणमा कुलमानको निरन्तरताको माग गर्दछौँ', उनले भने।

कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा उनको ठाउँमा अन्य व्यक्ति आउनसक्ने र प्राधिकरणको अवस्था पहिलेजस्तै हुनसक्ने भन्दै घिसिङलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग केही दिनयता बढ्दै गएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people More than 20
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments