Incident Reports

एमाओवादी कार्यकर्ताको कुटपिटबाट पत्रकार घाइते l

2014-04-28

Bagmati, Rasuwa, Uttargaya

Hemnath Khatiwada रसुवा । ०७१ वैशाख १६ गते समाचार सम्प्रेषणका लागि गएका पत्रकारलाई एमाओवादी कार्यकर्ताहरूले ०७१ वैशाख १५ गते साँझ कुटपिट गरी घाइते बनाएका छन् । लहरेपौवा गाविसको माझगाउँ गाविस भवनमा आयोजित एमाओवादी जिल्ला सम्मेलनमा नेपाल पत्रकार महासङ्घ रसुवाका अध्यक्ष सोम तामाङ र सहसचिव मालफूर्पा तामाङलाई एमाओवादी कार्यकर्ताहरूले कुटपिट गरी घाइते बनाएका हुन् । उदघाटन सत्र सकेर पार्टी संस्थापन पक्षका कार्यकर्ताले बन्द सत्र भोलि गर्ने भनेपछि प्रेम तामाङ पक्षका कार्यकर्ताहरूले आज गर्नु पर्छ भन्दै नारा लगाउन थालेपछि होहल्ला भएको थियो । पत्रकार महासङ्घका अध्यक्ष तामाङले हलको ढोका खोल्न लाग्दा एमाओवादी कार्यकर्ताहरूले उनलाई कुटपिट गरेका थिए । किन कुटपिट गरेको भन्दै तस्वीर खिच्न थालेका पत्रकार मालफुर्पा तामाङलाई पनि कुटपिट गरिएको थियो । घाइते दुवै जना पत्रकारलाई एम्बुलेन्सबाट उपचारका लागि काठमाडौँ लगिएको पत्रकार महासङ्घका सचिव ठाकुर अधिकारीले कार्यक्रम स्थलबाट बताए । हेमनाथ खतिवडा

0 Comments

Related Reports
Related Trend Analysis