Incident Reports

कञ्चनपुरमा सुरक्षाकर्मीमाथि हातपात गर्ने युवक प्रहरी नियन्त्रणमा

2020-08-27

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रराजमार्ग अन्तरगत दैजीचोकमा डिउटीमा खटिएका सुरक्षाकर्मी र स्थानीयमाथि हातपात गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। सुरक्षाकर्मी र स्थानीयलाई हातपात गरी आतंक मच्चाउने दोधारा चाँदनीका बिरेन्द्र बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दैजीमा स्थानीयलाई कुटपिट गरिरहेका बेला सशस्त्र प्रहरी निरीक्षक ईश्वरी दत्त भट्टले बोगटीलाई रोकेर सम्झाउन खोज्दा उल्टै उनले प्रहरी निरीक्षक ईश्वरी दत्तमाथि हातपात गरेका थिए। प्रहरीले उनलाई नियन्त्रणमा लिन खोज्दा बोगट नाङ्गै भएका थिए।

अहिले बोगटीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरीले नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय झलारीमा राखेको छ। इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज धर्मेन्द्र रावलले सुरक्षाकर्मी र सर्वसाधारणमाथि कुटपिट र अभद्र व्यवहार गर्ने बोगटीमाथि कार्बाही गरिने बताएका छन्। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports