Incident Reports

निगुरो टिप्न गएकी बालिका बलात्कृत

2020-08-25

Province 1, Morang, Belbari, Ward 11

बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा गत मंगलबार दिउँसो ३ बजेतिर निगुरो टिप्न गएकी एक १६ वर्षीया बालिका जंगलमा बलात्कृत भएकी छन्। घटनाका मुख्य योजनाकार मानिएकास्थानीय ४० वर्षीया होम तामाङले पीडित बालिकासँगै गएका तीन जना नाबालकलाई जबरजस्ती करणी गर्न लगाएपछि अन्तिममा तामाङ आफूले बलात्कार स्वीकार गरेको प्रहरीले जनाएको छ।

कक्षा– ६ मा पढ्ने दलित समुदायकी बालिकाले छिमेकी भाइ नाताका ११, १२ र १३ वर्षका बालकलाई लिएर निगुरो टिप्न गएकी थिइन्। निगुरो टिपी रहेको ठाउँमा लाठी र मुङ्गो लिएर गएका चिनजानकै तामाङले चारै जनालाई आफ्नो नियन्त्रणमा लिएर घटना घटाएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनापछि साँझमा घर पुगेका चारै जनाले निगुरो नलिई फर्किएपछि आफन्तले उनीहरूलाई सोध्दा नभेटेर नल्याएको जवाफ दिएको बताइएको छ। घटनाको भोलिपल्ट (बुधबार) बालबालिकाले मानसिक रूपमा विक्षिप्त व्यवहार देखाएपछि आफन्त र परिवारका सदस्यले सोधीखोजी गर्दा घटनाबारे थाहा भएको एक आफन्तले बताए। ‘सुरूमा बालकहरूलाई बलात्कार गर्न लगाए र उनीहरूकै अगाडि तामाङले पनि बालिकालाई बलात्कार गरेको पाइयो,’ आफन्तले भने, ‘उनीहरूले एकान्त जंगलको बीचमा घटना भएकाले भाग्ने र बच्ने मौकै पाएनछन् ।’ उनले बालकहरूलाई शारीरिक सम्पर्क गर्न लगाउँदै तामाङले त्यसको भिडियो मोबाइलबाट खिचेको बालिकाले जानकारी दिएको बताएका छन्।

भोलिपल्ट बालबालिको घरमै गएर तामाङले घटनाका बारे कसैलाई नभन्न दबाब दिएको खुलेको छ। बालिकाको परिवार र आफन्तले घटना थाहा भएपछि इलाका प्रहरी कार्यालय बेलबारीमा बुधबार तामाङविरुद्ध किटानी जाहेरी दिएका छन्। पीडित बालिकाका बुवा वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। घरमा आमासहित १३ र ३ वर्षका भाइसँग बस्थिन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक ऋषिराज ढकालले भने, ‘हामीलाई घटनाको जानकारी गराउँदै तामाङविरुद्ध किटानी जाहेरी दर्ता भइसकेकाले घटनाको अनुसन्धान थालीसकेका छौं ।’

लाठी र मुङ्गोल लिएर निगुरो टिपेको स्थान पुगेका तामाङले बालबालिकालाई नियन्त्रणमा लिएर आफूले भनेको नमानेमा मार्नेसम्मको धम्की दिएको र बालिकालाई जबरजस्ती पालैपालो बलात्कार गर्न लगाएर तामाङ आफूलेसमेत बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

‘धम्की र त्रास देखाउँदै दुई घण्टाभन्दा बढी समय नियन्त्रणमा लिएर तामाङले घटना गराएको देखिन्छ। यसबीचमा बालबालिकाले केही नगर्न आग्रह गरे पनि धम्की र डरका कारण उनीहरूकुकार्यसहन बाध्य भए छन्,’ एक प्रहरीले भने,‘नाताका भाइलाई जबरजस्ती बलात्कार गर्न लगाएरपछि स्वयं तामाङले बलात्कार गरेको अनुसन्धानका क्रममा खुलेको छ ।’

केही वर्षअघि नै तामाङलाई श्रीमतीले छाडेको र अहिले भाइ–बुहारीको घरमा बस्दै आएका थिए। बालिकाको स्वास्थ्य परीक्षणका लागि प्रहरीले बिहीबार विराटनगरस्थित कोसी अस्पताल ल्याएको थियो। पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले विराटनगर जाने खर्च नभएपछि स्थानीयले सहयोग स्वरूप एक हजार पाँच सय रूपैयाँ दिएका थिए।

‘दिदी नाता पर्नेलाई जबरजस्ती बलात्कार गर्न बाध्य बनाएको बालकहरूले बताए। घटनापछि चारै जना मानसिक तनाबमा रहेकाले केही बोल्न मान्दैनन्,’ प्रहरी निरीक्षक ढकालेले भने, ‘घटना बाहिरिएपछि बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी कार्य भइरहेको छ। अनौठोघटना भएकाले गम्भीर ढंगले अनुसन्धान अघि बढाइएका छौं ।’

मोरङको बेलाबारीदेखि पथरीसम्मको राजमार्गजंगल क्षेत्र निगुरोका लागि प्रख्यात छ। स्थानीयले यहाँको जंगलबाट निगुरो टिपेर पूर्वपश्चिम राजमार्गको चोक चोकमा बेच्दै गुजारा चलाउँछन्। यस राजमार्ग हुँदै चल्ने अधिकांश निजी तथा सार्वजनिक यातायात रोकेर निगुरो किन्ने गरे पनि लकडाउनका कारण स्थानीयको व्यापार बन्द जस्तै भएको छ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted 00
National/Online Media

0 Comments