Incident Reports

अपहरण घटनाका आरोपित गिरफ्तार

2020-08-24

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 23

पोखरा मनपा–२३ बस्ने २९ वर्षीय महादेब सापकोटालाई भदौ ८ गते अपहरण गरेको आरोपमा सोही जिल्लाका वडा सदस्य ४५ वर्षीय भरतराज भण्डारीलाई प्रहरीले भदौ ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले सोही वडाको खहरेखोलाको निर्माणाधिन पुलमा कुटपिट गरेर अपहरण गरी बन्धक बनाएको आरोपमा आरोपितलाई घरबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास मल्लले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

पीडितलाई कुटपिटपछि सोही वडामा रहेको एउटा घरको फल्याटमा अपहरण गरी बन्धक बनाइ राखिको थियो ।

घटनामा संलग्न रहेको आरोपमा काठमाडौं जिल्ला घर भइ पोखरा मनपा–२३ बस्ने ४२ वर्षीय बसन्त लामा र कास्की जिल्ला पोखरा मनपा–२३ घर भएका ४५ वर्षीय टिकाराम भण्डारीलाई पीडितलाई बन्धक राखिएको फल्याटबाट भदौ ११ प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितहरुविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूर र संगठित अपराध मुद्दामा भदौ ११ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडी बढाइएको डिएसपी हमालले बताउनुभयो ।

सुशन घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Abducted 1
INSEC

0 Comments

Related Reports