Incident Reports

इन्सेकको पहलमा बलात्कार घटनाको उजुरी दर्ता

2020-08-19

Lumbini, Dang, Rajpur, Ward 5

इन्सेक दाङको पहलमा बलात्कार घटनाका पीडितपक्षले भदौ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

१६ वर्षीया बालिकालाई विवाहको प्रलोभन देखाएर भदौ ३ गते राजपुर गाउँपालिका–५ का २१ वर्षीय सञ्चित यादवले बलात्कार गरेको र पीडितपक्षले भदौ ४ गते राजपुर–३ स्थित हरिनारायण यादवको घरबाट आरोपित र बालिकालाई ल्याएर इलाका प्रहरी कार्यालय गढवाको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय, गढवाले बालिकालाई भदौ १० गतेसम्म र आरोपित यादवलाई भदौ १२ गतेसम्म गैर कानुनीरुपमा म्याद थप नगरेर हिरासतमा राखेको थियो । उक्त घटनाका सम्बन्धमा इन्सेक जिल्ला प्रतिनिधिले गैर कानुनीरुपमा राखेको भन्दै भदौ ९ गते टेलिफोनबाट ध्यानाकर्षण गराएपछि बालिकालाई भदौ १० गतेदेखि घोराहीस्थित सेफ हाउसमा राखिएको थियो ।

इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर भरतसिंह राठौरले भदौ ४ गतेदेखि उजुरी लिन नमानेपछि पीडितकी आमाले भदौ ९ गते इन्सेक दाङ जिल्ला प्रतिनिधिको कार्यालयमा निवेदन दिनु भएको थियो ।

इलाका प्रहरी कार्यालय गढवाले दर्ता गर्न नमानेपछि नौ दिनपछि इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनको पहलमा जिल्ला प्रहरी कार्यालयले उजुरी दर्ता गरेको पीडितकी आमाले बताउनु भयो । उजुरी दर्ताका लागि इन्सेक प्रदेश कार्यालय, नेपालगञ्ज र राष्ट्रिय मानवअधिकार आयोग, नेपालगञ्जले पनि सहजीकरण गरेको थियो ।

आरोपितलाई जिल्ला अदालतबाट भदौ १२ गते म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो । वालिकालाई अभिभावकको जिम्मा लगाएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण भदौ १२ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको र अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनायो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments