Incident Reports

अपहरित शिक्षक सकुशल मुक्त

2020-08-29

Bagmati, Sindhuli, Tinpatan, Ward 8

तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारी ०७७ भदौ १३ गते अपहरणमा पर्नु भएकोमा चार घण्टापछि सकुशल मुक्त हुनु भएको छ ।

उहाँलाई विहान साढे ९ बजे बाटोमा हिँडिरहेका अवस्थामा १५ जनाको सङ्ख्यामा आएका अपरिचित व्यक्तिहरूले अपहरण गरेका थिए । स्थानीयवासी र प्रहरीले सहयोगमा उहाँ अपहरण मुक्त हुनु भएको हो ।

प्रतिबन्धित नेकपा (विप्लव) माओवादीका कार्यकर्ता बताउने ती अपहरणकारीलाई स्थानीयवासीले घेराबन्दी गरेका भए पनि प्रहरी देखेपछि घेरा तोडेर भागेका थिए । घेरा तोडेर भाग्ने क्रममा एक जनालाई भने प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अपहरणकारीको चौतर्फी घेराबन्दी गरी खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । शिक्षक भण्डारीलाई के कारणले अपहरण गरियो भन्ने विषयमा भने केही पनि नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताउनु भयो ।

उनीहरू को हुन र किन अपहरण गरे भन्ने बारेमा खुल्न नसकेको र अनुसन्धानमै रहेकोले नाम सार्वजनिक नगरिएको एसपी सिग्देलले बताउनु भयो । गिरफ्तार व्यक्तिसँग रहेको एक शङ्कास्पद वस्तु समेत प्रहरीले बरामद गरेको र फरार रहेका अपहरणकारीको खोजी कार्य जारी राखिएको उहाँले बताउनु भयो ।

बिमला पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Abducted 1
INSEC

0 Comments

Related Reports