Incident Reports

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

2020-08-27

Gandaki, Baglung, Tara Khola, Ward 5

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका बागलुङ जिल्ला सदस्य ३२ वर्षीय केशव न्यूरे चैतन्यलाई जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले भदौ ११ गते साँझ गिरफ्तार गरेको छ ।

ताराखोला गाउँपालिका–५ मदमडाँडा घर भएका र ताराखोला गाउँ जनपरिषद प्रमुख समेत रहेका न्यूरेलाई प्रहरीले उहाँकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी राजेन्द्र रेग्मीले इन्सेक जिल्ला प्रतिनिधिलाई फोन मार्फत जानकारी दिनुभयो ।

प्रहरीले न्यूरेलाई बागलुङका व्यवसायीहरुसँग चन्दा सङ्कलन गरेको भन्दै गिरफ्तार गरिएको रेग्मीले जानकारी दिनुभयो ।

सिर्जना पन्त


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments