Incident Reports

बालक अपहरण घटनाका आरोपित गिरफ्तार

2020-08-26

Lumbini, Banke, Khajura, Ward 5

१३ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा प्रहरीले खजुरा गाउँपालिका–५ का २८ वर्षीय कलिम खाँलाई भदौ ११ गते गिरफ्तार गरेको छ ।

बालकलाई आरोपितले भदौ ९ गते खजुरा गाउँपालिका– ५ बाट अपहरण गरेर रकम माग गरेको भन्दै पीडितका बुवाले भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको इन्स्पेक्टर हृदेश सापकोटाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितलाई जानकी गाउँपालिका–५ गुडिया गाउँबाट भदौ ११ गते उद्वार गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनायो ।

आरोपित र पीडित परिवारबिच रकम लेनदेनको विषयमा विवाद रहेको थियो । आरोपित उपर भदौ ११ गते अपहरण मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर सापकोटाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
INSEC

0 Comments

Related Reports