Incident Reports

समाचार संकलन गर्न गएका पत्रकारमाथि हातपात 

2020-08-29

Province 1, Khotang, Halesi Tuwachung

दिक्तेल बजारस्थित रत्नपार्कमा भइरहेको सडक ढलानबारे समाचार संकलन गर्न पुगेका  पत्रकार सञ्जीव राई, राजन ठटाल, दिवस रिजाल र सन्तोष पौडेलमाथि शनिबार साँझ स्थानीय केशव दाहाल र राजु श्रेष्ठले हातपात गरेको आरोप लागेको छ । 

रत्नपार्कको किराँतचोकमा भइरहेको सडक ढलानको भिडियो खिचिरहेको वेला दाहाल र श्रेष्ठले स्थानीयको गुनासो नसुनी नगरपालिका र ठेकेदारको मात्रै कुरा सुनेर समाचार बनाएको भन्दै हातपात गरेको पीडित पत्रकारको भनाइ छ । स्थानीयले आफूहरूमाथि हातपात गरिरहँदा ड्युटीमा खटिएका प्रहरीले समेत नरोकेको उनीहरूको भनाइ छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमाेरियालाई जानकारी गराउँदा लिखित उजुरी आएपछि मात्रै आरोपित पक्राउ गर्ने प्रतिक्रिया दिएको पत्रकार सञ्जीवले बताएका छन् । उनले भने, ‘घटनास्थलबाटै जानकारी गराउँदा प्रहरीले आनाकानी गरेपछि तत्कालै प्रहरीमा ठाडो उजुरी दिएका छौँ ।’ प्रहरी नायव उपरीक्षक चिमोरियाले भने फोनमा भनेको आधारमा कसैलाई पनि पक्राउ गर्न नमिल्ने बताए । 

प्रहरी कार्यालयमा पुगेर दोषीमाथि कारबाहीको मागसहित उजुरी दिए पनि प्रहरीले दोषीलाई पक्राउ गर्न चासो नदिएको पीडितहरूले बताएका छन् । यद्यपि, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएका छन् । 

पत्रकार राई रुपाकोट साप्ताहिकका संवाददाता तथा केडिसी अनलाइन टिभीका सञ्चालक, पत्रकार ठटाल एभिन्यूज टेलिभिजनका संवाददाता, पत्रकार रिजाल इमेज टेलिभिजन र पत्रकार पौडेल जन्तेढुंगा साप्ताहिकका संवाददाता तथा मध्याह्न राष्ट्रिय दैनिकका खोटाङ संवाददाता रहेका छन् । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments