Incident Reports

एसईईमा नम्बर कम दिएको भन्दै शिक्षकमाथि निर्घात कुटपिट

2020-08-30

Bagmati, Sindhuli, Sunkoshi, Ward 7

सिन्धुली : सिन्धुलीको सुनकोसी गाउँपालिका ७ मझुवा स्थित गणेश माविका प्रद्यानध्यापक र शिक्षकलाई विद्यार्थीले कुटपिट गरेका छन्। एसईई रिजल्टमा नम्बर कम दिएको भन्दै आइतबार उक्त सामुदायिक विद्यालयका प्रद्यानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन्।

एसईईमा शिक्षकले कम नम्बर दिएका कारण माथिल्लो कक्षामा अध्ययन गर्न वञ्चित हुन परेको भन्दै विद्यार्थीले कार्यकक्षमै आएर कुटपिट गरेको सोही विद्यालय शिक्षक झलकप्रसाद दाहालले बताए।‘समुहमा आएका विद्यार्थीले आफूहरुलाई कम नम्बर दिएको भन्दै एक्कासि प्रधानाध्यापक सुनुवार र शिक्षक भण्डारीलाई कुटपिट गरेका छन्’, दाहालले भने। 

विद्यार्थीको कुटाइबाट प्रधानाध्यापक सुनुवारको मुखमा गम्भीर चोट लाग्नुका साथै नाथ्री फुटेर रगत बगेको र ओठसमेत काटेको शिक्षक दाहालले बताए। अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ।

उक्त विद्यालयबाट ६० जना छात्र तथा छात्रा एसईईमा सहभागी भएका थिए। उनिहरुमध्ये ९ जनाको रिजल्ट सी आएको र तीनै मध्येका तीनजना विद्यार्थीले कुटपिट गरेको बताइएको छ। विद्यार्थीको कुटाइबाट घाइते भएका दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको छ।

रिजल्ट सी आए पनि विज्ञान विषयबाहेक अन्य पढ्न पाइने भन्दा भन्दै कुरै नसुनी कुटपिट गरेको शिक्षकको भनाइ छ। उता विद्यार्थीले निर्घात कुटपिट गरेपछि शिक्षक र कर्मचारीले सुरक्षाको माग गर्दै विरोध सुरु गरेका छन्। विद्यार्थीमाथि कारबाहीको मागसमेत गर्दै कर्मचारीको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन्। घटनाका बारेमा प्रहरीलाई खबर गरिएको बताइएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports