Incident Reports

बम काण्डको आरोपित सभासद् सञ्जयकुमार साह गिरफ्तार l

2014-05-03

४ बाट निर्वाचित सभासद् हुन् । प्रहरीले साहलाई सार्वजनिक गर्न वैशाख २१ गते आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय अनुन्धान व्युरोका एसएसपी उत्तमकुमार कार्कीले साहलाई वीरगञ्ज स्थित चिनजानको व्यक्तिको घरमा लुकेको अवस्थामा गिरफ्तार गरेको बताएका छन् । एसएसपी कार्कीले सो ठाउँमा अपराधीहरु लुक्ने गरेकोले ठाउँको बारेमा बताउन नमिल्ने जनाए। पत्रकार सम्मेलनमा सभासद् साहले- 'आफू निर्दोष रहेकोले अदालतबाटै सफाइ पाउने' बताए । संजयकुमार साहको योजनामा साहकै मान्छे ओम यादवले तराई मधेश विद्यार्थी लिव्रेशन फ्रन्टका अध्यक्ष अर्जुन चौधरी र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरीलाई पैसा लिनेदिने गरेको र मुकेश चौधरीले जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति भनिने रञ्जित झासँग मिलोमतोमा घटनाको जिम्मेवारी लिने गरेको एसएसपी कार्कीले बताए । ०६९ वैसाख १८ गते जनकपुर नपा-८ स्थित रामानन्द चौकमा बम विष्फोटनमा परि ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए । विष्फोनमा परि मृत्यु हुनेहरुमा जनकपुर नपा-८ बस्ने ४० वर्षीय बिमलशरण कुर्मी, मैथिल कलाकार महोत्तरी जिल्ला बथनाहा गाविस-९ घरभई जनकपुर नपा-४ बस्ने ४० वर्षीया रञ्जु झा, जनकपुर नपा-१० का ४९ वर्षीय झगरु दास र जनकपुर नपा-८ का ४४ वर्षीय सुरेश उपाध्याय रहेका थिए । बम विस्फोटमा परि गम्भीर घाइते बेङ्गा शिवपुर गाविस-६ का २८ वर्षीय दीपेन्द्र दासको काठमाडौँ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ०६९ वैशाख २१ गते राति ११ बजे उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको मुख्य योजनाकार अर्जुन चौधरी र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरीलाई ०७० फागुन १९ गते र घटनाको जिम्मेवारी लिने राजन मुक्ति भनिने रंजित झालाई प्रहरीले ०७० मङ्सिर ३ गते गिरफ्तार गरिएकोमा अदालतको आदेशमा उनीहरु पुर्पक्षका लागि कारागारमा छन् । बम विष्फोट गराएका सुरेश कर्ण, जय प्रकाश चौधरी, मुकेश कर्ण, रिपेन्द्र झालाई केन्द्री अनुसन्धान व्युरोले घटना लगतै गिरफ्तार गरिएकोमा उनीहरु पनि पुर्पक्ष लागि थुनामा छन् । विनोदकुमार रविदास

0 Comments