Incident Reports

दार्चुलामा हत्या आरोपमा २ जना पक्राउ

2020-08-26

Sudurpashchim, Darchula, Malikaarjun, Ward 8

दार्चुला । कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मालिकार्जुन गाउँपालिका वडा नं ८ का ३७ वर्षीय लालबहादुर चन्दलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मालिकार्जुन–८ तस्कोटकै २० वर्षीय शम्शेर धानुक र सोही ठाउँ बस्ने ३५ वर्षीय अजब चन्द रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए । यही भदौ १० गते मदिरा सेवन गरी उनीहरुले लालबहादुरलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका थिए । पीडित परिवारले  भदौ १० गते मदिरा सेवन गरि कुटपिट गरेको भन्दै प्रहरी चौकी शंकरपुरमा निवेदन दिएका थिए । 

घाइते भएका चन्दको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि यही भदौ ११ गते धनगढी रेफर गरिएको थियो । चन्दको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शवको पोष्टमार्टम धनगढीमै गरिएको छ ।  


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports