Incident Reports

पत्रकारलाई दुर्व्यवहार गर्नेहरु गिरफ्तार l

2014-05-04

Madhes, Sarlahi, Ishworpur, Ward 4

Bidur Kumar Pyakurel सर्लाही । ०७१ वैशाख २१ गते नागरिक दैनिक पत्रिकाका सर्लाही संवाददाता महोत्तरी जिल्ला भरतपुर निवासी ३५ वर्षीय सन्तोष सिंहलाई वैशाख १९ गते दिउँसो भक्तिपुर गाविस ३ स्थित सागरनाथ जङ्गलमा मोटरसाइकलबाट घर तर्फजाँदै गर्दा एक संगठित समूहले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोही दिन तीन जना हतियारधारीलाई गिर्फ्तार गरेको छ । सर्लाही र महोत्तरीको सीमानामा पर्ने जङ्गलमा शिकार गर्न गएका हतियारधारीहरुको फोटो खिच्न खोज्दा पत्रकार सिंहलाई उनीहरुले कुटपिट गरी दुर्व्यवहार गरेका थिए । पत्रकार सिंहलाई दुर्व्यवहार गर्ने गौरीशंकर गाविस-९ का ४७ वर्षीय वीरबहादुर पाख्रिन, ३६ वर्षीय भीमबहादुर पाख्रिन र २९ वर्षीय नरबहादुर थापा मगरलाई गिरफ्तार गरिएको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले बताए । हाल इश्वरपुर इलाका प्रहरी कार्यालयमा हिरासतमा रहेका उनीहरुको साथबाट तीन थान बन्दुक, बारुद, गोली र अन्य हतियार बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनायो । पीडकहरुलाई आवश्यक कार्बाही अघि बढाईने प्रहरीले वताए । विदुरकुमार प्याकुरेल

0 Comments