Incident Reports

नुवाकोटमा आफ्नै भतिजीलाई बलात्कार गर्न खोज्ने एक पक्राउ

2020-08-30

Bagmati, Nuwakot, Likhu, Ward 5

आफ्नै भतिजीलाई बलात्कार गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आइतबार दिउँसो १२ बजे नुवाकोट लिखु गाउँपालिका-५ स्थित कालिमाटी धारा बस्ने १४ वर्षीया बालिकामाथि आफ्नै ४५ वर्षीय काकाले बलात्कार गर्न खोजेकाे आराेप छ।

बालिकाले लुगा धोइरहेको अवस्थामा अचानक ती पुरुषले पछाडिबाट संवेदनशिल अंगमा समाउन खोजेको जिल्ला प्रहरी कार्यालयका नुवाकोटले जनाएको छ।

सोही बेला ती बालिका भाग्न सफल भएकी थिइन्। उनले आफूसँग भएको घटना आफ्नो आफन्तलाई बताएपछि प्रहरीले ती पुरूषलाई पक्राउ गरेको हो।

 प्रहरीले आइतबार उनकै घरबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। प्रहरीले उनको पहिचान भने खुलाएको छैन।

उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत नुवाकोटमा निवेदन पेश गरेको थियो। अदालतले उनलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
National/Online Media

0 Comments