Incident Reports

प्रतिबन्धित नेकपाका दुइजना कार्यकता गिरफ्तार

2020-08-30

Karnali, Salyan, Kumakhmalika, Ward 6

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका युवा संगठन सल्यानका जिल्ला सदस्य शारदा नपा–१४ का २२ वर्षीय प्रकाश गिरी र बागचौर नपा–३ का १८ वर्षीय गोरख केसीलाइ प्रहरीले भदौ १४ गते गिरफ्तार गरेको छ ।

कुमाख गाउँपालिका–६ स्थित मौलाहाल्ने बजारमा चन्दा असुली गरी रहेको सुचनाको आधारमा १५ हजार रूपियाँ र एउटा मोटरसाइकल सहित घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

डिएसपी खतिवडाका अनुसार प्रकाश गिरीको साथबाट भारतीय १ हजार र नेपाली २३ हजार तीन सय ३० रूपियाँँ बरामद गरिएको छ ।

आफ्ना कार्यकर्तालाइ बिना कारण गिरफ्तार गरिएको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले भदौ १५ गते प्रेस विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments