Incident Reports

खेतमा पानी लगाउने बिषयमा झगडा हुँदा ५ जना घाइते

2020-09-01

Lumbini, Kapilbastu, Maharajgunj, Ward 5

कपिलवस्तुको महाराजगञ्जमा खेतमा पानी लगाउने विषयलाई लिएर झगडा गर्दा ५ जना कृषक घाइते भएका छन् । महाराजगञ्ज नगरपालिका–४ का कृषकहरु आफ्नो खेतमा पानी लगाउने पालोका विषयमा कुरो नमिलेपछि झगडा पर्दा हातपातको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार झगडा तथा कुटपिटका कारण महाराजगञ्ज ४ का ५० वर्षीय मोहमद हुसेन, २८ वर्षीय अल्ताप हुसेन र ७५ वर्षीय सलिम गद्दी घाइते भएको प्रदेश ५ प्रादेशिक प्रहरी कार्यालय दाङले जनाएको छ । यसैगरी झगडा गर्दा घाइते बनेका अर्को पक्ष सोही ठाउँका ४५ वर्षीय जुमन मिया र ४० वर्षीया जाहेदा मिया रहेकी छन् ।

घाइते मध्ये ३ जनाको स्थानीय शिवराज अस्पताल बहादुरगंजमा सामान्य उपचारपछि कपिलवस्तु जिल्ला अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 5
Female Injured 1
National/Online Media

0 Comments

Related Reports