Incident Reports

बलात्कार अभियोगमा अर्का भूपू लाहुरे पक्राउ

2020-08-28

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 10

एक युवतीलाई जबर्जस्ती करणी अभियोगमा पोखरामा अर्का एक जना भूपू भारतीय सैनिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–१०, अन्नपूर्ण टोल बस्ने भूपू भारतीय सैनिक ५५ वर्षीय हरिबहादुर गुरुङ हुन् ।

भदौ १२ मा २३ वर्षीया युवतीलाई डर, धाकधम्की देखाई जबर्जस्ती करणी गरेको कसूरमा उजुरी परेपछि कास्की प्रहरीले गुरुङलाई पोखरा–१० बाट सोमबार पक्राउ गरेको हो ।

गुरुङविरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत कास्की जिल्ला अदालतबाट १० दिन म्याद थपी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

पोखरामा सोमबारमात्रै पोखरा १०, मिलनटोलका भूपू भारतीय सैनिक ५५ वर्षीय रेशबहादुर गुरुङ पनि ९ वर्षीया बालिकामाथि जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments