2020-08-31
विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका भेरी कर्णाली व्युरो सदस्य सुर्खेत चिङगाड गाउँपालिका-२ का ५० वर्षीय महेश भनिने आइते बिक र सुर्खेत गुर्भाकोट नपा-२ का ४२ वर्षीय तिलकबहादुर वलीलाइ प्रहरीले भदौ १५ गते गिरफ्तार गरेको छ ।
स्थानीय व्यापारी तथा जनप्रतिनिधिसँग चन्दा माग्ने र अशान्ति मच्चाई रहेको भन्ने सूचनाको आधारमा कालिमाटी गाउँपालिका–६ जलजलामा लुकेर बसेको अवस्थामा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी ढकेन्द्र खतिवडाले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
सामान्य सोधपुछ गर्दा प्रहरीमाथि नै अभद्र व्यवहार गरेकोले आरोपित दुवैजनालाई थप अनुसन्धान गरिरहेको डिएसपी खतिवडाको भनाई छ ।
मिना बुढाथोकी
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 2 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Group of civilians (only Target) |
Actor 2 - Youth | na |