Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

2020-08-22

Lumbini, Banke, Nepalgunj, Ward 2

नेपालगञ्जमा उपमनपा–२ की  ५७ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको गर्ने सोही ठाउँकी २८ वर्षीया मजुना खातुन र २८ वर्षीया जमुना खातुन विरूद्ध पीडितले भदौ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ ।

पीडितलाई  आरोपितद्वयले भदौ ६ गते बोक्सीको आरोप लगाएर कुटपिट गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काले बताउनु भयो ।

‘ शिक्षण अस्पताल नेपालगञ्जमा बुहारीले बच्चा जन्मिएकोले म र मेरा पति भेट्न र शुभकामना दिन अस्पताल पुग्यौ । अस्पतालबाट फर्केर मजुर र जमुना खातुनलाई भेट्न घर पुग्दा बच्चा बोक्सी लगाएर मारेको  आरोप लगाउँदै कुटपिट गर्‍यो ।,’ पीडितले भन्नु भयो ।

डिएसपी खड्का अनुसार घटनाको अनुसन्धान भइरहेको र अदालतबाट गिरफ्तार आदेश आएपछि गिरफ्तार गरिने इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १५ गते भेरी अस्पताल नेपालगञ्जमा गरिएको छ ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments