Incident Reports

जेठाजुबाट बुहारीको हत्या

2020-09-03

Bagmati, Kabhrepalanchok, Namobuddha, Ward 8

काभ्रे- प्रहरीले काभ्रेमा बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा जेठाजुलाई पक्राउ गरेको छ ।

काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई घरयासी विवादमा बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले जेठाजु पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलका अनुसार, बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी)लाई धारिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार, सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए ।

घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसनधानबाट खुलेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments