Incident Reports

श्रीमानको हत्या गरी शव डोकोमा बोकेर भीरबाट खसाल्ने महिला पक्राउ

2020-08-26

Karnali, Rukum West, Banfikot, Ward 10

रूकुम पश्चिममा श्रीमानको हत्या आरोपमा एक जना महिला पक्राउ परेकी छन्। 

बाफिकोट गाउँपालिका-१० की २२ वर्षीया अन्जना पुन बुढाले घरायसी विवादका क्रममा लाठीले हानेर ३६ वर्षीय पति भीमबहादुर बुढाको हत्या गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी निरीक्षक हरि वलीका अनुसार भदौ १० गते बेलुका ८ बजेतिर अन्जनाले घरभित्रै श्रीमानको हत्या गरेकी थिइन्। उनले शव डोकोमा बोकेर टुटुरे भन्ने जंगलमा लगेर फालेको प्रहरी अनुसन्धानमा देखिएको छ।

भीमबहादुरको शव भदौ १४ गते बिहान ११ बजे स्थानीय टुटुरे भीरको जंगलमा फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

सुरूमा हत्या आरोपी अन्जनाले श्रीमान् भदौ १० गते बेलुका ८ बजेतिर कसैलाई जानकारी नदिएर घरबाट निस्किएर बेपत्ता भएको भन्ने बयान दिएकी थिइन। प्रहरीले आशंका लागेर भदौ १७ गते अन्जनालाई पक्राउ गरेको थियो।

त्यसपछि अन्जनाले पतिले मदिरा सवेन गरि आफूसँग विवाद गर्न थालेपछि सुत्ने कोठामा लाठीले हानेर हत्या गरेको बयान दिएको प्रहरी निरीक्षक वलीले जानकारी दिए।

‘रक्सी खाएपछि हाम्रो विवाद भयो र मैले आवेशमा आएर लाठीले हानेपछि मृत्यु भएको हो,’ अन्जनाले प्रहरी बयानमा भनेकी छन्,‘ त्यसपछि मैले आफै एक्लै शव डोकोमा हालेर भीरबाट खसाइ दिएकी हुँ।’

अन्जनाविरूद्ध कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी थप अनुसन्धान  भइरहेको प्रहरी निरीक्षक वलीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Blunt weapon
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports