Incident Reports

हत्या घटनाका आरोपित गिरफ्तार

2020-09-04

Bagmati, Lalitpur, Godawari, Ward 10

ललितपुर महानगरपालिका–२२, बुंगमती घर भई अल्का अस्पताल जावलाखेलमा हाउस किपिङ्ग पदमा कार्यरत ३९ वर्षीया गीता केसीको हत्या घटनामा संलग्न भएको आशङ्कामा सोही वडाको चुनिखेलका ४२ वर्षीय निर्मल केसीलाई भदौ २० गते प्रहरीले गिरफ्तार गरेको छ ।

मृतक केसी भदौ १७ गते घरबाट अस्पताल जाने भनेर निस्किएपछि सम्पर्कमा नआएकोले खोजीका लागि पीडित परिवारले महानगरीय प्रहरी परिसर जावलाखेलमा अनुरोध गरेको थियो ।

खोजबिनकै क्रममा भदौ १९ गते साँझ महिलाको शव गोदावरी नगरपालिका–१०, मुलडोलको जङ्गलमा भेटिएको र शवको पहिचान भदौ २० गते भएको महानगरीय प्रहरी बृत्त चापागाउँका डिएसपी कृष्णराज ओझाले जानकारी दिनु भयो ।

उक्त घटनाको अनुसन्धानका लागि फरेन्सिक डक्टर र विशेषज्ञ कुकुर समेत परिचालन गरिएको र प्रहरीले गिरफ्तार गरेका व्यक्ति मृतकका भजित भएको महानगरीय प्रहरी परिसर जावलाखेलका सहायक प्रवक्ता एवम् डिएसपी सन्तोस तामाङले जानकारी दिनु भयो ।

मृतकको शव पोष्टमार्टमका लागि पाटन अस्पताल ललितपुरमा ल्याइएको र शवको पोष्टमार्टम हुन बाँकी रहेको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनु भयो ।

दीपकप्रसाद घिमिरे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments