Incident Reports

अपहरणपछि युवतीकाे हत्या, प्रहरीले जाहेरी लिन मानेन

2020-08-19

Province 1, Sunsari, Dewanganj, Ward 4

 सुनसरी देवानगञ्ज–४ निवासी जयशङ्कर महतोले आफ्नी छोरीको हत्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आरोप लगाएका छन् । उनकी छोरी रिङ्कीकुमारी मेहता ९महतो० विराटनगरस्थित इडेन बर्क कलेजमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत थिइन् । सोही गाउँपालिका बस्ने रमेशकुमार मेहताले यही भदौ ३ गते अपहरण गरी घरमा लगेर हत्या गरेको आज आयोजित पत्रकार सम्मेलनमा जयशङ्करले आरोप लगाए ।

“मेरी छोरीलाई घरमै हत्या गरी सल घाँटीमा बेरेर झुण्डाई आत्महत्या देखाउन खोजिएको छ । यसले हामीलाई झनै पीडित बनाएको छ । यस घटनामा प्रहरी प्रशासनले वास्तविकता छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, मृतकका बुबा जयशङ्करले भने । यस्तो जघन्य अपराधको मुद्दा लिन नमान्ने प्रहरी प्रशासनप्रति आक्रोश पोख्दै जयशङ्करले आफ्नी छोरीको हत्या भएको निवेदन हुलाकमार्फत पठाउनुपर्दा आफू झनै पीडित भएको बताए । आफ्नी छोरीको हत्या गर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग पनि उनले गरे ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Total Abducted 1
Female Abducted 1
National/Online Media

0 Comments

Related Reports