Incident Reports

व्यक्ति अपहरणको आरोपमा विप्लव समूहका जिल्ला सदस्य काठमाडौंबाट पक्राउ

2020-08-29

Bagmati, Sindhuli, Tinpatan

काठमाडौं – व्यक्ति अपहरणको आरोपमा विप्लव समूहका एकजना नेतालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

सिन्धुलीको तिनपाटन गाउँपालिकामा रहेको भिमसेन नि.मा.वि.का प्रधानाध्यापक नारायण भण्डारीको अपहरणमा संलग्न आरोपमा प्रहरीले विप्लव समूहका सिन्धुली जिल्ला समिति सदस्य राजिव सुनुवारलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलिकी एसपी रञ्जु सिग्देलका अनुसार सुनुवारलाई काठमाडौंको बौद्धबाट पक्राउ गरिएको हो ।

भदौ १३ मा छात्रवृत्ति वितरणको तयारी भईरहेको बेला प्रअ भण्डारीलाई करिब एक दर्जनको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेको एसपी सिग्देलले बताईन् । उनलाई गाउँलेले महभीरको जंगलबाट अपहरणमुक्त गरेका थिए ।

राजिवसहित प्रअ अपहरणमा संलग्न अन्य ९ जना पक्राउ परेका छन् । उनीहरुलाई अपहरण तथा विष्फोटक पदार्थ मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Secondary Form Arrest (politically significant)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 12
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Abducted 1
National/Online Media

0 Comments

Related Reports