Incident Reports

प्रिन्सिपलद्वारा विद्यार्थीलाई कुटपिट l

2014-05-08

Madhes, Dhanusha, Chhireshwornath

Binod Kumar Rabidas धनुषा । ०७१ वैशाख २५ गते महेन्द्रनगरस्थित गंगोत्री बोर्डिंग स्कुलका प्रिन्सिपल गणेश साहले आफ्नै विद्यालयका विद्यार्थी हरिहरपुर गाविस-१ का १४ वर्षीय सुभाष ठाकुरलाई वैशाख २१ गते निर्घात कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएको ठाकुरको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भएको थियो । उनको कानमा असर परेको र सो ठीक हुन बाँकी रहेको उपचारमा संलग्न डाक्टरले जनाएका छन् । कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुभाष ठाकुरलाई प्रिन्सिपल साहले आफ्नै कार्यकक्षमा बोलाएर लठ्ठी र झापड हानी कुटपिट गरेको पीडित सुभाषले बताएका छन् । पीडित सुभाषले विद्यालयले कम्युटर सिकाउन महिनाको १ सय रुपैयाँ शुल्क लिए पनि नसिकाएको र गर्मीको समयमा कक्षा कोठामा पङ्खा समेत नचलाउँदा पढ्न असहज भएकोले प्रिन्सिपल साह कहाँ गुनासो गर्न जाँदा आफूलाई निर्घातकुटपिट गरेको बताए । गुनासो गर्दा प्रिन्सिपल साहले म तेरो अभिभवक हैन, यस्तो गुनासो म कहाँ किन गर्न आईस् भन्दै आफूलाई जथाभावि कुटपिट गरेको पीडित सुभाषको भनाई छ । सुभाषकी आमा विनादेवी ठाकुरले आफ्नो छोरा अत्यन्त नम्र स्वभावको भए पनि जानवर जस्तो व्यवहार गर्नुले प्रिन्सिपल साहको चरित्र पुष्टि भएको बताईन् । उनले आफ्नो छोरालाई कुटपिट गर्ने दोषी साहलाई कारबाहीको लागि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा वैशाख २१ गते नै उजुरी समेत दिएको बताईन् । दुवै पक्षलाई आज बोलाएर सत्यतथ्य बुझी न्यायको लागि पहल गर्ने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । विद्यालयका प्रिन्सिपल साहले पनि विद्यार्थी आफूसँग मुखमुखै लागेकोले रिसाएर दुई/चार झापड र एक दुई/लठ्ठी हिर्काएको स्वीकार गरेका छन् । विनोदकुमार रविदास

0 Comments